पाल्पामा ८७ प्रतिशत रोपाइँ

पाल्पा | साउन १, २०७९

पाल्पामा ८७ प्रतिशत रोपाइँ


पाल्पा:     पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।  जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ ।
       
    

यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ । जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ ।
       
  

 जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ । साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्